ब्लाष्टखबर । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेकाे लकडाउनलाई सघाउन सुनसरीका राजनैतिक दलहरूले अव्हान गरेका छन् ।

शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सुनसरी पार्टि कार्यालयमा बसेको सर्वदलिय बैठकले विश्व भरि फैलदै गरेको कोरोना भाइरसका केहि संक्रमीतहरु फेला पर्न थालेपछि सुनसरीमा यसको संक्रमण फैलन नदिन सो आव्हान गरेका हुन् ।

बैठकले, लकडाउन भएको अवस्थामा कृतिम अभाव सिर्जना हुन नदिन, कालो बजारी हुन नदिन आवश्क भन्दा बढि अत्यावश्यकीय बस्तुको भण्डारण गर्न नदिन तथा अत्यावश्यकीय बस्तुकाे सहज आपूर्ती गारउन सम्वन्धित निकायलाई अनुरोध गरेको छ ।

नेकपाका सुनसरी जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद मण्डल (पप्पु), नेपाली काग्रेस जिल्ला अध्यक्ष राजिब कोइराला, समाजबादी पार्टीका सुनसरी अध्यक्ष भगिरनाथ खन्बेलगायत १५ जनाले हस्ताक्षर गरि विज्ञप्तिसमेत जारी गरेका छन । बैठकले भारतलगायत विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न र उनीहरूका लागि क्वारेन्टाइनको व्यावस्थापन गरीदिन अनुरोध  समेत गरेकाे छ ।  अति विपन्न तथा दैनक ज्याला मजदुरी गर्नेहरुको पहिचान गरी उनीहरुलाई राहत वितरण गर्न स्थानिय तहलाई अनुरोध समेत गर्ने भएको छ ।

त्यस्तै, नेकपा धरान उपमहानगर कमिटिले पनि एक विग्ज्ञप्ती जारी गरी लकडाउनलाई पालना गर्न अनुराेध गर्दै, उपमहानगर भित्र रहेका अति विपन्नहरूलाई राहत वितरण गर्न धरान उपमहानगरलाई अनुराेध गरेकाे छ । शनिवार अध्यक्ष नारायण सुवेदी र सचिव सुदर्शन श्रेष्ठले विज्ञप्ति जारी गरि कोरोना जाँच गर्ने अस्पतालको रुपमा प्रतिष्ठानलाई तयारी गरिएकाले संक्रमितको आउजाउ बढि धरानमा हुने भएकाले सजकताका लागि तत्काल कदम चाल्न समेत स्थानीय सरकारसँग माग गरिएको छ । कोरोना विरुद्धका लडाईमा पार्टीले जुनसुकै सहयोग गर्नसमेत तयार भएको जनाइएको छ ।