पथरी/मोरङको रतुवामाई नगरपालिका–५, स्थित घाद्रि खोलामा माटो निकाल्ने क्रममा माटोको ढिस्कोले पुरिएर एकजना बालिकाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो १२ बजे राजकुमार ताजपुरियाको १३ बर्षिय सुस्मिता ताजपुरीयाको माटोको ढिस्कोले पुरेर मृत्युु भएको हो । माटो निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोले च्यापे पछि गम्भीर घाइते अवस्थामा स्थानीयले देखेपछि उपचारका लागी बिराटनगर स्थित नोबेल मेडिकल अस्पतालमा लगिएको थियो । उपचारको लागी लैजाने क्रममा उनीको बाटैमा मृत्युु भएको इलाका प्रहरी कार्याल रंगेलीले जनाएको छ । उनी सरस्वती माध्यमिक बिधालय कादुपाडामा कक्षा ७ मा अध्ययनरत रहेको बिद्यालयका शिक्षक दिनेश कुमार बिष्टले बताए ।