धरान । सुनसरीको इनरुवामा एक महिला स्वास्थ्यकर्मीको ज्यान गएको छ ।

एम्बुलेन्स को १६ प २०६४ नम्बरको स्कुटीमा सवार ३५ वर्षीया इनरुवा–६ की रत्ना श्रेष्ठको बुधबार ज्यान गएको हो । घरबाट कार्यालय जाने क्रममा को १ च ९६०५ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बनेकी श्रेष्ठको उपचारका लागि विरानटगरस्थित न्यूरो हस्पिटल लाने क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

ठक्कर दिने एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रण्मा लिएको छ । श्रेष्ठ मधेशा स्वास्थ्य चौकीमा कार्यरत रहेकी थिइन् ।