ब्लाष्टखबर । काेराेना बारे जानकारी लिन र आफ्नो घर परिवारमा कसैलाई कोरोना संक्रमणका लक्षणहरु छ छैनन भनेर मुल्याङ्कन गर्न  गर्न सकिने काेभिट -१९ धरान एप्स सार्वजनिक भएकाे छ । 

आइतबार धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकीय अधिकृत, विदुर खनाल, कोड इटका सिईओ सजल श्रेष्ठ, मार्केटिङ प्रमुख गगन नेपालीले संयुक्तरुपमा लञ्च उक्त एपमा आफु र आफ्नो परिवारका सदस्यहरुको स्वास्थ्य स्थिति भर्न सकिने उक्त एप्सले काेराेना लक्षण देखिए आवश्यक सुरक्षा सावधानी अपनाउदै धरान स्थित विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे हेप्लाइन सम्पर्क राख्नको लागी सुझाव  दिने  बताइएकाे छ । 

तीन तह सुपरिवेक्षण प्रणाली रहेको यस एप्समा भरेको सम्पूर्ण जानकारी सम्बन्धित वडा कार्यालयका पदाधिकारीहरुले मुल्यांकन गरेर सम्भावित संक्रमित ब्यातिलाई सम्पर्क गरी आवश्यक सहयोग पुर्याउन सक्ने छन् ।

एप्समा मार्फत उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले कोरोनाका संक्रमणका सम्भावना रहेका, कोरोनाका लक्षण देखिएका व्यक्तिहरुलाई के- कस्तो सहयोग पुर्याइयो त्यसको विश्लेषण र उनीहरुलाई सम्पर्क गरी थप सहयोग, स्वास्थ्य सल्लाह पुर्याउन सकिने कोड इटका सिईओ सजल श्रेष्ठले जानकारी गराए । कोड इटका, प्रिमियर नेपाल  र वि-धराने को प्राविधिक सहयोगमा बनाेकाे उक्त माेवाइल एप उपमहानगरपालिकालाइ नि : शुल्क गरिदिएका हुन् ।

एप्समा कोरोना रोगका लक्षणहरु, रोग सम्बन्धि विभिन्न जिज्ञासा, यसबाट बच्ने उपायहरु, विश्वमा कोरोना संक्रमणको पछिल्लो तथ्याङ्क, नगरका जनप्रतिनिधिहरुको सम्पर्क, हेल्प लाइनको सम्पर्क पनि पाउन सकिन्छ । यस एप्सबाट आफ्नो घर छिमेकमा भर्खरै बिदेशबाट घर फर्केका, कोरोना संक्रमणका लक्षण देखिएकाहरुको जानकारी पनि सम्बन्धित वडाका जनप्रतिनिधिलाई गराउन सकिन्छ।

साथै आफ्नो घर छिमेकमा अति बिपन्न बर्गका परिवार भोकै देख्नु भएको खण्डमा एप्सको प्रयोग गर्दै सो सूचना वडा कार्यालयसम्म पुर्याउन सकिन्छ । धरान उपमहानगरपालिकाले स्थापना गरेको फूड बैकमा हालसम्म जम्मा भएको सहयोग र राहत जानकारी लिन समितिका सदस्यहरुसंग एप्स प्रयोग गरी सिधै सम्पर्क गर्न सकिन्छ ।

एप्स धरान उपमहानगरपालिकाको वेभसाइट (https://www.dharan.gov.np/?p=2538) बाट डाउनलोड गरेर एन्ड्रोइट मोवाइलमा प्रयोग गर्न सकिन्छ ।