लक्ष्मीमार्ग । मोरङ बेलवारी १० भाउन्ने स्थीत मंगलबार बिहान कानेपोखरी १ होक्लाबारीका धनराज बुढाथोकीको शव पिठारीको रुखमा झुण्डीरहेको फेला परेका छन् ।

होक्लाबारीमा व्यवसाय गर्ने ५८ वर्षीय बुढाथोकी फागुन २५ गते धरानदेखी घर आँउदै गर्दा परिवार संग फोन सम्पर्क भएको उनका गरेका महेन्द्र बुढाथोकीले बताए । उनका अनुसार त्यसपछि सम्पर्क नभएको र खोजीकार्य गर्दै जाँदा शाँझ ७ बजे बुवाको मोवाईलको लोकेसन बिराटनगरमा देखाएको बताउछन् । बुवाको शरिरमा रहेको केहि गरगहना र साथमा रहेको केहि पैसाको लोभमा कसैले बुवालाई हत्या गरेर झुण्डाएको हुनसक्ने छोरा महेन्द्र बताउछन् ।

मंगलबार बिहान घाँस दाउरा लिन जंगल गएका ब्यक्तिहरुले रुखमा झुण्डीरहेको अवस्थामा रहेको जानकारी गराएपछि इलाका प्रहरी कार्यलय बेलबारी बाट प्रहरी गएर थियो । पुर्ण रुपमा सडेर अनुहार चिन्न नसकिने अवस्थामा रहेको उक्त लाश आफ्नै बेल्टमा झुण्डीएको इलाका प्रहरी बेलबारीले जनाएको छ ।

प्रहरीका अनुसार उनको शरिरमा भेटिएको लाईसेन्सको आधारमा शव पहिचान भएको र परिवारलाई बुझाएर पोष्टमार्टमको लागि उर्लाबारीको मंगलबारे स्थीत पठाइएको प्रहरीले जनाएको छ ।