ब्लाष्टखबर । आज भएकाे बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक अर्काका राष्ट्रभक्तिमा शंका गरेर बिभाजित नहुन आग्रह गरेका छन् । उनले अन्तराष्ट्रिय क्षाेत्रीय तथा भु राजनितिक खिचातानी भैरहकाे बेला आगामी बैठकहरूमा उक्त विषयहरू उठ्ने भएकाले सम्पूर्ण राजनैतीक दलहरू राष्ट्रिय सवालमा एक जुट हुन आवस्क रहकाे पनि बताएका छन् ।
उनले भने ' एमसिसि हामीले हल गरिसकेका छैनाै आज मात्रै भारतका रक्षा मन्त्रीले कालापानी र लुपुलेख हुदै मानसराेबर सम्म जाने यात्रा मार्ग उद्घाटन गर्नुभयाे भन्ने कुरा आएकाे छ । जुन त्याे क्षाेत्र आफैमा विवादित छ भने, दुई पक्षिय सहमती बिना नै एक तर्फीरूपमा त्याे निर्णय भएकाे हाे भने यहाँ अर्काे तनाव सिर्जना गर्छ । '
डा. भट्टराईले यस्ता प्रकारका कुराहरूमा राष्ट्रिय सहमती बनाएर सर्म्पूणकाे एउटै आवाज बेल्ने र सरकारले सबैकाे विश्वास लिएर जान सक्याे भने आगामी दिनका संकटलाई अवसरमा बदल्न सकिने बताएका छन् ।
सबै कुराकाे फैसला राजनितिले नै गर्ने भए पनि अहिलेकाे सरकारकाे छवि राम्राे नभएकाे बताउदै पूर्वप्रधानमन्त्री डा. भट्टराईले संसद, मन्त्री, लगायत राजनैतिक दलका नेता तथा कार्यकताहरू भ्रष्ट र सत्ता लुप्त भएरकाे भनेर जनतामा राजनैतिक वितृषणाकाे फैलदै गएकाे र आगामी दिनमा ठुलाे खतरनाक हुने बताए ।
डा. भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जीर्ण शरीरलाई आराम दिन आग्रह गरेका छन् ।