धरान । धरानको केन्द्रीय प्रविधि क्याम्पसमा तत्काल रियल टाइम पीसीआरसहितको सुविधा सम्पन्न प्रयोगशाला स्थापना माग गर्दै अनेरास्ववियु तथा अखिल क्रान्तिकारी क्याम्पस कमिटीले क्याम्पससँग माग गरेका छन् ।
कोभिड १९ को महामारीले विश्वलाई आक्रान्त पारिरहेको सन्दर्भमा क्याम्पसमा सुविधा सम्पन्न प्रयोगशाला स्थापना गर्न माग गरेका हुन् । कोभिड १९ को बारेमा अध्ययन गर्न, निदान गर्न र यसमा हुने अन्य परिवर्तबारे अध्ययन गर्न आधुनिक प्रयोगशाला आवश्यक रहेको माग पत्रमा उल्लेख छ । हात्तीसारमा अध्ययनरत विद्यार्थीहरूलाई दक्ष बनाउँदै भविष्यमा आइपर्ने अन्य समस्यहरूको बृहत् अध्ययन तथा अनुसन्धान गर्न समेत आधुनिक प्रयोगशाला आवश्यक रहेको अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष आशिष प्रधानले बताए ।