धरान । धरान–७ पानबारी बसस्टेण्डबाट लागूऔषध कारोबारीको साथबाट हतियारसमेत बरामद गर्न सफल भएको छ ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार २ फुट ६ इञ्च लामो बन्दुकजस्तो देखिने हतियार एक थान बरामद गरेको हो । विशेष सूचनाको आधारमा धरान–७ पानमारा बसस्टेण्डबाट कोठा भाडामा लिएर बस्दै आएका किशन श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानको टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।
उनको साथबाट भारी परिमाणमा लागूऔषधसमेत बरामद गरेको थियो । उनलाई लागूऔषध कारोबार ऐन २०३३ र हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा म्याद थप गरी कारबाही अगाडि बढाइएको इप्रका धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो ।