ब्लाष्टखबर । सुनसरीको देवानगञ्ज ३ पाँचौ सिमरस्थितबाट लागूऔषध गाँजासहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवानगंज-३ का ४३ बर्षीय चुनिलाल सरदार रहेका छन् ।
हिजो दिउँसो सरदार चलाएकाे को २ ह ६५३७ नम्बरको अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा १८ केजी गाँजा बरामद गरेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गाँजा बरामदसँगै चालक सरदार समेतलाई नियन्त्रणमा लिइएको उक्त कार्यालयले जनाएकाे छ ।
यस्तै, दमकमा ३ जनालाई लागुऔषध खैरोहिराईन सहित प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दमक -५ स्थितमा डेरा गरी बस्ने दमक-९ का ३२ बर्षीय रवीन कुँवर, ईलाम घई भई दमक-५ मा बस्ने १९ वर्षीया मनिसा राई र ताप्लेजुङ घर भई दमक-८ बस्ने २२ वर्षीया सम्झना राई श्रेष्ठ रहेका छन्।
सुराकका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति उनीहरूलाई १७ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको उक्त कार्यालयले जनाएकाे छ ।