धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न मितिमा हराएको महँगो मुल्यका १६ थान मोवाईल फेला पारी बुधबार मोवाईल धनीलाई जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले बुधबार पत्रकार सम्मेलन गरेर ०७४ साल देखी ०७७ सालको असार १० गतेसम्म विभिन्न मितिमा हराएको जिल्लाबासीको मोवाइल फेला पारी सम्वन्धित धनीलाई प्रदान गरेको हो ।
पत्रकार सम्मेलनमा प्रहरीले दिएको जानकारी अनुसार ०७४ माघ २२ गते आफ्नै घरबाट हराएको धनकुटा न.पा.९ मुलघाटकी निरुता गिरीको जि ६०० सामसुङ्ग गोल्ड ०७७ असार २५ गते फेला परेको वताइएको छ ।
गिरीलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएकोे पत्रकार सम्मेलनमा बोलाएर प्रहरी प्रमुख गोविन्द अधिकारीले मोवाईल हस्तान्तरण गरेका छन् । त्यसैगरी धनकुटा–७ का सरोज भुजेलको ग्यालेक्सी जे फाईभ, इन्दिरा दाहालको ग्यालेक्सी जे फाईभ, विमला श्रेष्ठको हुवाई एक्स प्रो नाईन, बबिता दाहालको एचटिसी मोवाई पनि सो अवसरमा उनीहरुलाई प्रहरी प्रमुख अधिकारीले हस्तान्तरण गरेका छन् ।
प्रहरीले यो अवधीमा भोजपुर साल्पा सिलिचोङ्ग गा.पा. वडा नं.१ का दिपेन्द्र कुलुङ राईको साम्सुङ्ग ग्यालेक्सी एम फोर्टी, धनकुटा–६ घर भएका सरोजकुमार जोशीको साम्सुङ्ग ग्यालेक्सी जेटु प्राईम, साँगुरीगढी गापा वडा नं.१ का अजय कुमार लिम्वुको रेड मी नो फाईभ ए प्राईम ग्लोवल, ठेगाना नखुलेको डम्बर बहादुर कटुवालको साम्सुङ्ग ग्यालेक्सी ए टेन प्रहरी फेला पारेको जनाएको छ ।
त्यसैगरी धनकुटा न.पा.–७ का मिन प्रसाद सुबेदीको भिभो मोवाईल, महालक्ष्मी नगरपालिका वडा नं.७ का ओप्पो ए ७१, धनकुटा न.पा.वडा नं.१ हिलेका मोहन शाहीको अप्पो एफ फाईभ युथ, धनपा–१० होम प्रसाद अधिकारीको रेड्मी सिक्स, धनकुटा न.पा.–६ का फुलमाया शेर्पाको साम्सुङ्ग मोवाईल जेटु र धनपा–६ कै विमला शेर्पाको हुवाई वाई नाईन प्राईम मोवाईल फेला पारिएको प्रहरी प्रमुख गोविन्द अधिकारी जनाकारी दिएका छन् ।
फेला पारिएका वा बरामद गरिएका मोवाईलहरु प्रहरी अनुशन्धान गर्ने क्रममा विभिन्न प्रविधि र सूचनाको प्रयोगबाट प्रमाण जुटाएर तत्थ्यगत ढंगले चोरी गर्ने व्याक्तिहरुलाई बाध्यकारी बनाएर अधिकांशले प्रहरी कार्यालयमै नाम नछाप्ने शर्तमा ल्याई दिएको बताइएको छ ।
वरामद भएका मोवाईलहरु सम्वन्धित् धनीलाई बोलाएर दिने काम नियमित रुपमा भैरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएस्पी ध्रुर्वकुमार श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठका अनुसार १ थान मोटर साईकल हराएको पनि निवेदन परेको र खोजी कार्य जारी रहेको बताए ।