भरौल  / इलाका प्रहरी कार्यालय चक्रघट्टीले लागुऔषधसहित एक जनालाइ पक्राउ गरेको बक्लौरीबाट कालाबन्जार आउदैं गरेको को २४ प  ४४४२ नम्बरको स्कुटीमा सिटमुनी राखेर ल्याउँदै गरेको लागुऔषधसहित बराहछेत्र ४ स्थित सुनसरी खोला नजिक आइतबार साँझ पक्राउ गरेको थियो ।

चेकजाँचका क्रममा प्रहरीले आन्द्रमोठ बस्ने वर्ष ३९ को पिन्टु भन्ने अभिराज चौधरीसहित लागुऔषध डाइजेल्याप ३१, फेनार्गन ३१, लुपीजेसिक ३१ एम्पुल र स्कुटी नियन्त्रणमा लिइएको इप्रका महेन्द्रनगरका प्रहरी निरिक्षक पान्डव राजवंशीले जानकारी दिए । पक्राउ परेका चौधरीलाई सुनसरी जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।