भद्रपुर / प्रहरीले भद्रपुर नगरपालिका–४ मन्त्री चोकबाट दुई जनालाई लागू औषधसहित पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधबार भद्रपुर– ३ धिमाल धुरा घर बताउने वर्ष २६ को अजय थापा र वर्ष २२ को रोशन माझी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शङ्कास्पद अवस्थामा सडकको किनारमा प्र १–०१–०१२ प ६९२१ नम्बरको सुन्तला कालो रङको केटीएम मोटरसाइकलसहित नियन्त्रणमा लिइएकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । उनीहरुको साथबाट ४ सय चक्की नाइट्रोजन र ५० बोतल कोडिन बरामद गरिएको उनले जनाए । उनिहरुलाइ जिल्ला प्रहरीमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए ।