भद्रपुर / सुधार केन्द्रमा राखिएका एक व्यत्तिmले पेटमा सिसा प्रहार गरेर आत्महत्या गरेका छन् । झापाको हल्दीबारी गाउँपालिका–२ का २५ वर्षीय प्रकाश खरेलले आफ्नै पेटमा सिसा प्रहार गरेर मृत्यवरण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

धुलाबारीस्थित सनराइज सुधार केन्द्रमा रहेका हल्दिबारीका खरेलको उपचारको क्रममा मृत्यु भएको जिल्लाका डिएसपी राकेश थापाले जनाए । आफ्नै पेटमा सिसा प्रहार गरेर गम्भीर घाइते भएका थिए ।
गम्भीर अवस्थामा अस्पताल पु¥याइएकोमा उपचारको क्रममा विराटनगर स्थित नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । गत असार १३ गते उक्त सुधार केन्द्रमा पु¥याएकोमा असार १५ गते सुधार केन्द्रको झ्यालको सिसा फुटाएर भागेका थिए । भागेका खरेललाई साउन ३ गते पुनः सोही सुधार केन्द्रमा ल्याइएकामा उनले सोही दिन सिसा फुटाएर आफ्नै पेटमा प्रहार गरेको थापा को भनाइ छ ।

तत्काल उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटल पु¥याएको र त्यहाँ उपचार सम्भव नभए पछि विराटनगर लागिएकोमा उपचारकै क्रममा नोबेल अस्पतालमा विहीबार दिउँसो मृत्यु भएको उनले जानकारी दिए ।