संखुवासभा/ जिल्लाको मादी नगरपालिका वडा नं. २ बाट प्रहरीले अबैध काठ बरामद गरेको छ । घरमा लुकाईछिपाई राखेको ३ सय सात क्यूफिट काठ बरामत गरेको हो ।
प्रहरीले बिशेष सूचनाका आधारमा मादी नगरपालिका–२ का सानो ओईराङ बस्ने नारायण कडेल (कडुवाल) को घरमा लुकाई छिपाई राखेको ३ सय सात क्यूफिट अबैध काठ विहिबार बरामद गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिए । प्रहरीले विभिन्न स्थानहरुमा अपरेशन गर्दा चाँप, अँगारे, पात्ले, लगायत बिभिन्न प्रजातिका रुख जंगलबाट अबैध रुपमा कटान चिरान र भण्डारण गरी राखेको काठ बरामत गरेको हो ।
बरामद भएको अबैध काठ डिभिजन वन कार्यालय चैनपुरमा बुझाईएको प्रहरीले जनाएको छ । अबैध रुपमा बरामद भएका काठको थप अनुसन्धान गरी कार्रवाही प्रक्रिया अघि बढाईने डिभिजन वन कार्यालय संखुवासभाका सहायक वन अधिकृत नविनराज दाहालले जानकारी दिए । उनले वनमा रहेका काठ अवैध रुपमा तस्करी गर्नेलाई कडाभन्दा कडा कारबाहि गरिने बताए ।