विराटनगर /  शरिर बन्धक र जवरजस्ती करणी मुद्दामा पक्राउ परेका प्रहरीका पूर्व सई विराटनगर १२ का ५८ वर्षीय नयनकुमार श्रेष्ठ पाँच लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।
जिल्ला अदालत मोरङका न्यायाधीश कृष्णमुरारी शिवकोटीको इजालशले श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटिमा छोडन आदेश दिएका हुन् ।
अदालतको आदेशपछि श्रेष्ठले पाँच लाख रुपैयाँ धरौटी रकम बुझाएर आइतबार छुटेको मोरङ अदालतका निमिक्त श्रेस्तेदार युवराज पौडेलले जानकारी दिए ।

विराटनगर ४ की ३६ वर्षिय महिलालाई श्रेष्ठले गत ३ फागुन र ३ चैतमा विराटनगर ५ स्थित मुनालपथमा रहको काठमाण्डौँ सेक्युरिटी अफिस कोठामा भेट्नु भनी बोलाई जागिर लगाई दिएको भन्दै जवरजस्ती करणाी गरेको आरोप लगाउँदै मोरङ प्रहरीमा उजरी दर्ता गराएका थिइन् । पीडितले असार १६ गते उजुरी दर्ता गराएपछि पूर्व प्रहरी सइ श्रेष्ठ साउन २६ गते पक्राउ परेका थिए ।
प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि साउन २४ गते मोरङ अदालतमा अभियोग दर्ता भएको थियो ।

प्रहरीका पूर्व सहीले बलत्कार गरेको दाबीसहित उजुरी दिएकी महिलाले यसअघि पनि एक जना बैंकका कर्मचारीले बलत्कार गरेको भन्दै २३ साउन २०७६ मा इलाका प्रहरी कार्यालय रंगेली उजुरी दिएकी थिइन् । बैंक बाट ऋण दिलाइदिन्छु भन्दै एक जना बैंकका प्रमुखले २०७५ चैत २६ गते आफू बलात्कार गरेको दाबी गर्दै उजुरी इप्रका रंगेलीमा उजुरी दर्ता गरिन् । उजुरी दर्ता भएपछि प्रहरले तत्कालिन नेपाल बंगलादेश बैंकका धनपालथान गाउँपालिका कर्सिया शाखा प्रमुख ४५ वर्षीय अमित बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले अुनसन्धान प्रतिवेदन पुरा गरि सरकारी वकिलको कार्यालय मार्फत अभियोग दर्ता गरि अदालतको आदेशले बास्तोला अहिले पूर्पक्षको लागि थुनामा छन् । सो मुद्दा अदालतमा बिचारधिन छ ।

जवरजस्ती करणी आरोप लगाएकी महिलालाई नयन श्रेष्ठले पटक–पटक गरी ३ लाख रुपैयाँ रकम दिएको बयानको क्रममा बताएका छन् । ‘मुद्दा नहाल्ने भन्दै महिलाले १० लाखबाट घटेर ५ लाख दिने सहमति भएको थियो । पहिलो चरणमा १ लाख ७५ हजार र दोस्रो चरणमा २ लाख २५ हजार रुपैयाँ दिएको थिए । लकडाउनले गर्दा २ लाख रुपैयाँ बुझाउन नसक्दा प्रहरीमा उजुरी हालेको रहेछ,’ नयनले दिएको बयानमा उल्लेख छ ।’