ब्लाष्टखबर/ धरान–१६ स्थित ६ केजी गाँजासहित एक जना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा स्थानीय ३४ बर्षीय किरण धिमालले आफ्नै घरमा गाँज लुकाई राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

पक्राउ परेका धिमाललाई थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।