धनकुटा । धनकुटामा दुई बालिकालाई फरक फरक स्थानमा बलात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
बाख्रा चराउन गएकी बालिकामाथि शनिबार बलात्कार गर्ने स्थानीय दिलकुमार राईलाई पक्राउ गरेको हो । लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । पीडितको बुबाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
त्यस्तै धनकुटा–१ मा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अर्का एक जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा १९ वर्षीय निकेश तामाङ छन् । घटना २७ गते भएको हो । घरमा कोही नभएको मौका छोपेर बलात्कार गरेको पीडित बालिकाको बुबाले दिएको जाहेरीमा उल्लेख छ ।