बिराटनगर । ईलाका प्रहरी कार्यालय बुधनगर मोरङबाट खटिएको प्रहरी टोलीले शनिबार लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गाउँपालिका-३ सुनसरीका २७ बर्षीय सुभाष कुमार साह र जहदा गाउँपालिका-१ का २१ बर्षीय रुपेश यादव रहेका छन् । उनिहरू चडेकाे प्रदेश नं १-०२-०४० प ९६६८ नं को मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा प्रहरीले लागुऔषध डाइलाेक्स डिएल १४ बोतल बरामत गरेकाे प्रदेश १ प्रहरी कार्यालयले जनाएकाे छ । 

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको भाण्टाबारीबाट स्थानीय २२ बर्षीय सुसिल शर्मालाई नाईट्रोसन १०० ट्याब्लेट, एस.पी. ५५२ ट्याब्लेट र कोरेक्स १०० ML को ३३ बोतल लागुऔषध सहित शनिवार दिउँसो ४ बजे पक्राउ गरेको हो भने लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।