धरान । धरान–१३ मा करिब ५० वर्षीय एक पुरुष झुण्डिएको अवस्थामा फेला परेका छन् ।
धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेका अनुसार टेलर्स व्यवसाय गर्दै आएका बुद्धिमान सुन्दास कपडाको डोरीमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी लामो समयदेखि टेलर्स व्यवसाय गर्दै आएका थिए ।
उनको हातमा कागजको सानो चिर्कटो फेला परेको छ । तर, त्यसमा के लेखिएको छ भन्नेबारेमा जानकारी नभएको वडाध्यक्ष काफ्लेले जानकारी दिए । उनको एक छोरा र दुई छोरी रहेका छन् । घटनाको विषयमा प्रहरीलाई सूचना दिइसकिएको छ ।