बेलबारी । अवकाश प्राप्त एकजना भारतीय सैनिकले दुई वर्षदेखि बालिकामाथि बलात्कार गर्दै आएको घटना बाहिरिएको छ ।

माेरङकाे सुन्दरहरैचा नगरपालिका वडा नं ४ गैरीटोल स्थित एक १५ वर्षीया बालिका माथी बलात्कार गरेको खुलेको हो ।

बलात्कार गरेको आरोपमा सोहि ठाँउका ५३ वर्षका उमेश नेपाललाई इलाका प्रहरी कार्यालय बेलबारीले मंगलबार साँझ नै पक्राउ गरिसकेको छ । उमेश नेपालले आफ्नै घरमा भाडामा बस्ने एक बालिकालाई दुईवर्ष अघिदेखि जबरजस्ती करणी गर्दै आएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषीराज ढकालले बताए । पिडित पक्षको किटानी जाहेरीका आधारमा नेपाललाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक ढकालले बताए ।

त्यसैगरी केराबारी गाँउपालीका ७ मा पनि मङ्लवार जबरजस्ती करणी उद्योगमा ४२ वर्षका शुक्र बहादुर नेम्वाङलाइ ईलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ । स्थानीय १५ वर्षीया बालीकालाई घरमा कोहि नभएको मौका छोपेर बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान ११ बजे ति बालीका माथी बलात्कारको प्रयास भएको हो । शुक्र बहादुर नेम्वाङ मगंलवार राती प्रहरीले पक्राउ गरिसकेको छ । सुन्दरहरैचाका नेपाल र केराबारीका नेम्वाङ दुबै जनालाई ईलाका प्रहरी कार्यालय बेलबारीमा थप अनुसन्धानको लागी राखीएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालले बताए ।