भोजपुर । जिल्लाको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ५ खावामा राजकुमार राईले आफनै भाउजुको हत्या गरेका छन् ।

३५ वर्षिय राईले ४८ वर्षिया आफ्नै भाउजु केशरमाया राईलाई कुटपिट गरि हत्या गरेका हुन् । गत भदौ २२ गते राती घरायसी विवाद हुँदा देवरले मरणासन्न हुने गरि कुटे पछि भाउजु ज्यान जोगाउन भागेकी थिइन् ।

राती भागेकी भाउजुको शव भदौ २३ गते बिहान बंगुरको खोरमा भेटिएको स्थानियले बताएका छन् । घटना पछि देवरलाई पक्राउ गरिएको छ । उनलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक प्रदिप लामाले जानकारी दिए ।