झापा । विर्तामाेडका एक एग्रोभेट संचालक लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् ।
बिर्तामोड नगरपालिका-३ मा रहेकाे गोपाल एग्रोभेटमा लागुऔषध ब्राउनसुगरको कारोबार हुने गरेको गाेप्य सूचनाका आधारमा शुक्रबार प्रहरीले एग्रोभेट संञ्चालक गोपाल गौतमलाई २२ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेकाे ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएकाे छ ।
लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका एग्रोभेट संचालक ३० बर्षीय गाैतम माथि थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।