भद्रपुर । झापामा एक महिला रक्ताम्य अवस्थामा आफ्नै घर भित्र मृत भेटिएकी छिन् ।

घटनाको प्रकृति हेर्दा उनको हत्या भएको प्रहरीले आशङ्का गरेको छ । गौरादह नगरपालिका १ बस्ने ६५ वर्षीया मनमाया भण्डारी आफ्नै घरमा मृत अवस्थामा भेटिएकी प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

महिलाको शव वरिपरि रगतै रगत देखिएकाे र उनका दुवै हात पछाडिबाट बाँधिएको अवस्थामा भेटिएकाे एसपी कोइरालाले बताए । घट्नाको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए । धरानबाट तालिम प्राप्त कुकुर मगाएर त्यसपछि मात्र केही भन्न सकिने उनले बताए ।

यता प्रहरीका अनुसार मृतक महिलाको श्रीमान् भीम भण्डारी घरमा नभएको बेला घटना भएकाे हाे । श्रीमान् दिउँसो साढे ४ बजे घर फर्किदा श्रीमतीको शव खाटमुनि लडिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।