सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडियो) प्रदीपराज कणेलले यो पाली दर्शै तिहारमा अलि सजगता अपनाउन आग्रह गरेको छ ।
शनिबार उनले जिल्लावासी लाई शुभकामना संदेश दिदै सजगता उपनाउन आग्रह गरेको छ । नेपालीहरुको महान चाड विजयादशमी ,शुभ दिपावली,छठ लगायत पर्वमा अलिकति लपवाईले ठुलो जोखिमको सिर्जना हुन सक्छ , आज जारी गरीएको सन्देशमा भनिएको छ , हामि बाँचे भोलिका दिनमा चाडपर्व मनाउन र आर्शिवाद गर्न पाईन्छ ।
कोरोना भाइरसले आक्रान्त पारिरहेको अवस्थामा चाडपर्व मनाउँदा विशेष सावधानी अपनाउन आवश्यक रहेको उनले उल्लेख गरेका छन् । शुभकामना सन्देशमार्फत् जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी ( सिडियो ) प्रदीपराज कणेलले कोरोनाको कहरबाट सबैलाई मुक्ति मिलोस् भन्ने कामना पनि गरेका छन् ।
घरमै बसी पुजा गर्ने र स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरिएको छ । शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकुद, जात्रा, मेलाका कार्यक्रम नगर्न सजग गराइएको छ । दशै घरहरुमा फुलपाती भित्र्याउने कार्य सांकेतिक रुपमा मात्र गर्न अनुरोध गरेको छ ।
१२ वर्षभन्दा कम र ६० वर्षभन्दा बढी उमेरका व्यक्ति तथा अन्य जटिल स्वास्थ्य समस्या भएका मानिसहरु घरबाहिर हिडडुल नगर्न र संक्रमणको जोखिम भएका व्यक्तिसँग भेटघाट नगर्न आग्रह गरेको छ ।