ब्लाष्टखबर । ईलाका प्रहरी कार्यालय ईटहरीले हराएका तथा चाेरी भएका ३८ थान माेबाइल धनिलाई बुझाएकाे छ ।
विभिन्न स्थानबाट विभिन्न समयमा हराएकाे तथा चाेरी भएकाे भन्दै आएकाे निबेदनकाे आधारमा खोजतलास गर्ने क्रममा करिब १८ लाख ५५ हजार ८ सय मुल्य बराबरकाे उक्त फेलापारी सम्बन्धित धनिलाइ बुझाएकाे कार्यालयले जनाएकाे छ ।
कार्यालयमा सिडिआर शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी ३ सय ३४ थान मोवाईल सेटहरु फेला पारी सम्बन्धीत धनिलाई बुझाई सकिएको उक्त कार्यालयले जनाएको छ ।