ओखलढुंगा । ओखलढुंगामा छतबाट लड्दा २ वर्षीय नाबालककाे मृत्यु भएकाे छ । मानेभञ्ज्याङ-७ हर्कपुर बस्ने प्रदिप कार्कीको २ बर्षीय छोरा प्रमेश कार्कीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
कार्यालयकाे अनुसार आज बिहान साढे ६ बजे आफ्नै घरको छतमा खेल्ने क्रममा छतबाट एक्कासी लड्दा प्रमेश बेहोस भएका थिए ।
बेहोस भएका नाबालककाे स्थानीय अस्पतालमा उपचारको क्रममा साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले बताएकाे छ ।