ब्लाष्टखबर । झापाको मेचीनगर नगरपालिका-६ स्थित सिमा क्षेत्रबाट प्रतिबन्धित लागुऔषध सहित भारतिय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा दार्जिलिङ पश्चिम बङगाल खोरोबारीका २५ बर्षीय साधिक आलम रहेका छन ।
 
लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आलमलाई हिजो अपरान्ह पौने ४ बजे नियन्त्रणमा लिएका थियो । नियन्त्रण पश्वात उनि माथी चेकजाँच गर्दा कालो प्लाष्टिकमा लुकाई छिपाई राखिएको २६ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रही कार्यालयले झापाले जनाएको छ ।
क्राउ परेका आलम उपर ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।
 
123193053_3331583083606090_8535283805713368637_n