ब्लाष्टखबर  । मोरङको उर्लाबारी शनिबार राती मृत अवस्थामा एक महिलाकाे शव फेला परेकाे छ । उर्लाबारी नगरपालिका वडा नम्बर ४  आईतबारे चौकमा राती करिब सँवा ८ बजे अन्दाजी ३० वर्षीय महिला मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ ।

पूर्वपश्चिम राजमार्ग स्थित उर्लाबारी मंगलबारे सडक खण्डमा निधार तथा टाउको पछाडीको भागमा गहिरो चोट सहित महिलाकाे शव रगताम्य अवस्थामा फेला परेको कार्यालयले जनाएकाे छ । 

शवकाे प्रकृती हेर्दा दुर्घटना भएकाे हुनसक्ने आशंका गरिएकाे भएपनि शव भेटिएकाे स्थान नजिकै चेंक पोईन्टमा ड्युटीमा रहेका सशस्त्र प्रहरीका अनुसार दुर्घटनाकाे कुनै आवाज नसुनिएकाे बताएका छन् ।

किरब १० मिटर घिस्रेको अवस्थामा शव फेला परेकाेले पैदल यात्री महिला माथि दुर्घटना भएकाे हुन सक्ने ईलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरिक्षक उद्धव पोख्रेलले बताएका छन् । 

राती सँवा ८ बजे महिलाकाे शव फेला परेकेा भएपनि अहिले सम्म पहिचान हुन सकेकाे छैन ।