धनकुटा/  बहुविवाह मुद्दामा जिल्ला अदालत, धनकुटाले जरिवाना हुने भनि फैसला गरिएको एम जना फरार आरोपी प्रहरीले आईतबार पक्राउ गरेको छ ।

उनलाई बहुविवाह गरेको आरोपमा उजुरी परेपछि अदालतको फैसलतको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । छथरजोरपाटी गाउँपालिका वडा नं. ६ सिधुवा वजारका ३६ वर्षिय महेन्द्र थापालाई बहुविवाह गरेको आरोपमा उनीविरुद्ध एलिना थापाले जाहेरी दिए पछि अदालतले उक्त फैसला गरेको थियो ।

थापाको जेठी श्रीमती एलिना थापाको ०७४ कार्तिक १५ गतेको दिन दिएको जाहेरीको आधारमा बहुविवाह मुद्दामा जिल्ला अदालत, धनकुटाले उनलाई १ वर्ष कैद र ५ हजार रुपैया जरिवाना हुने भनि फैसला गरेका थिए ।

अदालतले यस अघि नै मुद्धाको फैसला गरेपनि आरोपी ४ वर्ष देखी फरार रहेका थिए । पक्राउ गरिएका आरोपी थापालाई प्रहरीले अदालत समक्ष पेश गरी पूपक्र्षका लागि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख गोविन्द अधिकारीले जनाकारी दिएका छन् ।