ब्लाष्टखबर । जबरजस्ती करणी गरी फरार भएका जदाहा गाउँपालिका ५ का वर्ष २४ का बिशाल सोनार ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

ठाकुरलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका ७ मधुबनीबाट मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

पक्राउ परेका ठाकुरलेगत साउन १ गते कटारी गाउँपालिका ३ स्थित खयरवना टोलको भित्री बाटोमा २३ वर्षय एक युवतीलाई प्रलोभनमा पारी करणी गरेको उक्त कार्यालयले जनाएको छ ।

ठाकुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको कार्यालयले बताएको छ ।