धरान । जुवाको खालबाट इटहरी प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको टोलीले इटहरी उपमहानगर–९ दक्षिणकाली टोलबाट नगदसहित पक्राउ गरिएको हो । फूलबाबु साहको घरमा तास खेलिरहेको अवस्थामा ३ लाख १ हजार २७५ रुपैयाँ नगदसहित तास बरामद गरिएको छ ।
इप्रका इटहरीका अनुसार घरधनी फूलबाबु साहसहित इटहरी–८ का राजकुमार साह, इटहरी–४ का सरोज चौधरी, वीरेन्द्र साह रहेका छन् । त्यस्तै इटहरी–६ का राजुकमार साह, इटहरी–९ का अशोक गोस्वामी, सन्तोष राय, दीपनारायण साह, र सैनी साह रहेका छन् । मंसिर १ गते बिहानको राति इटहरी–२० तरहराबाट ८ जनालाई नगदसहित पक्राउ गरेको थियो । उनीहरूलाई जुवा ऐन अन्तर्गत कारबाही अगाडि बढाइएको छ ।
त्यस्तै डाका मुद्दामा फरार अभियुक्तलाई सुनसरी प्रहरीले इटहरीबाट पक्राउ गरेको छ । संखुवासभा–७ बस्ने २८ वर्षीय पर्वत तामाङलाई इटहरी–६ गोर्खा डिपार्टमेन्ट स्टोर नजिकैबाट पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीलाई पक्राउ गरी थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय चैनपुर पठाइएको छ । उक्त डाका मुद्दामा पुजन विकसमेत संलग्न रहेका थिए । उनी हालसम्म फरार छन् ।