धरान । सुनसरीको विभिन्न नाकाबाट भन्सार छली गरी नेपाल भित्र्याइएको खाद्यान्न, लत्ताकपडा र सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ ।
सीमा सुरक्षार्थ खटिएका प्रहरीले २ लाख ९८ हजार ९ सय १५ रुपैयाँ मूल्य बराबरको खाद्यान्न, लत्ताकपडा र सुर्तीजन्य पदार्थ बरामद गरेको हो । भारतबाट चोरी पैठारी गरी नेपाल ल्याउँदै गरेको अवस्थामा पक्राउ गरी आवश्यक कारबाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा पठाइएको सुनसरी प्रहरीले जनाएको छ ।