विराटनगर । मोरङको मिक्लाजुङ्ग गाउँपालिका – १ बर्खेस्थित सरस्वती आधरभूत विद्यालयका प्रधानध्यापकको गोली हानेर हत्या गरिएको छ । ५४ वर्षिय राजेन्द्र श्रेष्ठको गोली हानेर हत्या गरेको अवस्थामा मंगलबार शव भेटिएको हो ।

मृतक श्रेष्ठको शव घरदेखि करिब १ किलोमिटर बर्खेको जंगलशमा शव भेटिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । प्रधानध्यापक श्रेष्ठको हत्या विप्लप समूहले हानेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले हत्या गरेको प्रहरी स्रोतको दाबी छ ।

प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको एसपी खड्काले जानकारी दिए । शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको खड्काले बताए । ‘हाम्रो प्रहरी टोली अहिले घटनास्थलतर्फ गइरहेको छ, घटनास्थल पुगेपछि विस्तृत जानकारी आउँछ,’ खड्काले भने ।