ब्लाष्टखबर । इनरुवामा छुरा प्रहार गरी लुटपाट गर्ने २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा देवानगंज गाउँपालिका वडानम्बर ५ घर भई इनरुवा नगरपालिका १ बस्ने २२ वर्षीय गजेन्द्र प्रसाद ठाकुर र सप्तरीको महदेवा गाउँपालिका ५ तोपा घर भई इनरुवा १ बस्ने २१ वर्षीय मुकेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कार्यालयका अनुसार उनिहरुले पौष १७ गते बिहान इनरुवा नगरपालिका वडानम्बर २ का अजय पन्डितलाई छुरा प्रहार गरी मोवाइल तथा नगद लुटपाट गरेका थिए ।
सफारी चालक रहेका पन्डितलाई यात्रु बनेर चढेका मण्डल र ठाकुरले बिचबाटाेमै राेकी घाटि, ढाड र टाउकाेमा छुरा प्रहार गरी उनकाे साथमा रहेकाे नगद तथा माेवाइल लुटेर लगेकाे भन्दै घाइते अवस्थामा रहेका पन्डितले दिएकाे जानकारीकाे आधारमा खाेजतलास गर्ने क्रममा आइतबार उनिहरूलाइ पक्राउ गरेकाे कार्यालयले जनाएकाे छ ।

पक्राउ परेका दुबैलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको उक्त कार्यालयले जनाएको छ ।