झापा । झापाका विभिन्न सामाजिक संघ/संगठनले झापाका एसपी कृष्णप्रसाद कोइराला र बिर्तामोड इलाका प्रहरी कार्यालयका डिएसपी मुकुन्द रिजाललाई बिदाई गरेका छन् । 

झापाका विभिन्न संघ/संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले बिर्तामोडमा शुक्रबार उनीहरुलाई सम्मानसहित विदाई गरेका हुन् । झापामा रहँदा उनीहरुले गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै सम्मानसहित बिदाई गरिएको हो ।  

सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोडका विभिन्न सामाजिक संघ/संस्थाले मायाको चिनो, सम्मानपत्रसहित उनीहरुलाई बिदाई गरेका थिए । 

 स्वागत बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गरेको कार्यक्रमलाई बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव प्रशान्त भण्डारीले सञ्चालन गरेका थिए ।