ब्लाष्टखबर । विराटनगर महानगरपालिकामा मोटरसाईकल चोरी गरी लादँै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।
महानगरको १२ नम्बर वडा स्थित मंगलबारे हटियामा पार्किङ गरीराखेको प्रदेश–१–०२–०४० प ४३७३ नम्बरको मोटरसाइकल चोरी गरी विराटनगरबाट रानी दरैयातर्फ लैजादै गरेको अवस्थामा महानगर ६ रामपुर बस्ने २० वर्षीय अजय पासवान पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कार्यालयका अनुसार पक्राउ परेका पासवानमाथी चोरी कसुरमा थप अनुसन्धान भइरहेको छ ।