ब्लाष्टखबर । नेपालमा देशभर आजबाट कोरोनाभाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । पहिलाे चरणकाे खाेप अभियानमा काेराेना विरूद्ध अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, शव व्यावस्थापनमा खटिएका तथा एम्बुलेन्स चालकलगायतलाई खोप लगाएकाे छ ।
देश पव्यापी रूपमा संञ्चालन भएकाे खाेप अभियानकाे पहिलाे दिन बुधबार देश भरका १२ हजार व्यक्तिले खोप लगाउने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । उनका अनुसार याे अभियान १० दिन सम्म चल्ने छ ।
प्रदेश १ मा पनि १९ खाेप केन्द्रबाट खाेप अभियान संञ्चालन भएकाे छ । झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, इलाम र तेह्रथुमका २८ हजार ५०६ जनालाई खोप लगाउने लक्ष्य रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले बताएका छन् ।
धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आजै १५० भाइल खाेप आएकाे छ । एक डाेजमा ०.५ एमएल खाेप दिइने छ । पेइङ २ वार्ड आजै साढे १० बजे देखी खाेप अभियान सुरू भएकाे छ ।

एक पटकमा ४ जनाले खोप लगाउने व्यवस्था गरिएकाेमा प्रत्येक ३० मिनेटमा एक समुहलाई खाेप दिइने प्रतिष्ठानका सहायक अस्प्ताल निर्देशक डा. प्रमोद बरालले बताएका छन् ।
भारतकाे अनुदानमा उपलव्ध ' कोभिशिल्ड' नामक उक्त खाेप भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेकाे हाे । खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।