विजयपुर । अन्र्तजातीय विवाह गरेका रामधुनी नगरपालिका वडा नं.–४ का अर्जुन विश्वकर्मालाई समाजका मान्छेले रुकुमको घट्ना बिर्सिस भन्दै धम्कि दिएपछि झुण्डिएर आत्महत्या गरेका छन् ।
अर्जुनकीआमाकुमारी विश्कर्माले दिएको जानकारीअनुसार अर्जुनले रामधुनी–४ कै दिपिका भुजेलसँग प्रेमपछि माघ ७ गते अन्र्तजातीय विवाह गरेका थिए ।
उनीहरु विवाह गरेर कोशीपारी उदयपुरको झोडापाटामा गएका थिए ।
माघ–१० गते दिपिकाका बुवा आमा दुर्गा बहादुर भुजेल र अम्बिका भुजेलले प्रहरीमा दिएको उजुरीका आधारमा केटा केटीलाई प्रहरी उपस्थित गराएको थियो ।

उनीहरु दुबैजना २० वर्ष नपुगेकाले बालविवाह हुने भन्दै प्रहरीले कागज गरि आ–आफ्नै अभिभावकको जिम्मा लगाएको थियो ।
प्रहरीबाट छुटेपछिअर्जुन घरमाआएर दिपिकालाई फोन गरे । उनको फोन नउठेपछि दिपिकालाई परिवारले याताना पो दिएकी भन्दै बुझ्न दिपिकाको घर नजिकै रहेको मामाको घरमा गएको आमा कुमारीले बताइन् ।
छोरो घरबाट हिडेपछि फेरी केटीकै घरमापो पुग्ने होकीभनि छोरालाई पछ्याउँदै गइन् । तर, छोरालाई भेट्न सकिनन् ।
उनी नभेटेपछि केटी कै घर गयो होला भनेर केटीको घरमा पुगिन् । त्यहाँअर्जुन थिएनन् । केटीको घरमापुगेर केटीकी आमासँग कुरा गरिन् ।
कुमारीले केटीकोआमासँग कुरा गर्दै गर्दा दिपिकालाई भने हजुबाले छेकेर राखेको देखिन् ।
त्यहि समयमा गाउँका केहि मान्छे आएर रुकम घट्ना बिर्सिस भन्दै मामाको घरमा रहेका केटालाई घाटीमा समाएको मृतक अर्जुनकीआमा कुमारीले बताइन् ।
मामा र दिपिकाको घर भने एकदमै नजिक रहेको बताएकी छन् ।
उनले भनिन् ‘ रुकुम घट्ना बिर्सिस भन्दै हातपात गरि १ कठ्ठा जग्गाको क्षेत्र जति धकेल्दै लगे ।’
त्यसपछि अर्जुन भागेर घर गयो उनले भनिन् ।उनी पनि छोरोसँगै बाटो लागिन् तर भेट्न सकिनन् ।उनी घर पुग्दा छोराले कोठाबन्द गरेको रहेछ ।
आफुले ढोका ढोका फुटाउने प्रयास गरिन् तर, सकिन्न् । नसकेपछि आफन्तलाई बोलाएर ढोका फुटाउँदा अर्जुनलाई झुण्डिएको अवस्था भेटिएको बताइन् ।
कुमाारीले भने केटीका परिवारले भन्दापनि समाजका केहि व्यक्तिले छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको दावी गरेकी छन् ।
उनले प्रहरी कार्यालयमा नै पनि गाउँका मान्छेले छोरालाई कुट्ने योजना बनाएको बताइन् ।