ब्लाष्टखबर । मोरङको कटहरी गाउँपालिकाबाट १२ सय लिटर भन्दा बढि घरेलु मदिरासहित दुई जना पक्राउ परेका छन ।
गाउँपालिकाको ४ नम्बर वडाको नयाँबजार स्थित विराटनगर– रंगेली सडक खण्डमा १४ वटा प्लास्टिकको ग्यालेमा हाली को ७ प ८८७२ र को ७ प २९३९ नम्बरको दुई वटा मोेटरसाइकलमा लादैँ गरेको अवस्थामा अन्दाजी १ हजार २३० लिटर घरेलु मादिरा जिल्ला प्रहरी कार्यालबाट खटिएको प्रहरी टोलीले बरामद गरेको उक्त कार्यालयले जनाएको छ ।
अन्दाजी १२ हजार ३ सय मुल्य बराबरको उक्त मदिरासहित कटहरी गाउँपालिका ४ बस्ने बर्ष ३५ को ब्रम्हदेव पासवान र बर्ष ३० सुरेन्द्र यादव पक्राउ गरेकाे उक्त कायार्लयले जनाएकाे छ ।
बरामद मदिरा सहित पक्राउपरेका दुबैजनालाई अवश्यक कारवाहीकालागी आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने कार्य भईरहेको कार्यालयले जनाएको छ ।