धरान । धरान उपमहानगरका सफाइ कर्मचारीमाथि भर्खरै छुरा प्रहार भएको छ ।

धरान–१५ का सफाइ कर्मचारी २० वर्षीय कैलाश मरिकमाथि छुरा प्रहार भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार मरिकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । 

मरिकको ढाँडमा छुरा प्रहार गरिएको छ । स्थानीयका अनुसार विवादको क्रममा मरिकमाथि प्रहार गरिएको थियो । तर, घाइते मरिकले आफूलाई प्रहार गर्ने व्यक्ति नचिनेको प्रहरीलाई बताएका छन् । ‘खैं कसले हान्यो हान्यो भन्छ,’ डिएसपी बस्नेतले फोनसम्पर्कमा भने, ‘घटना भर्खरै भएकाले अनुसन्धान हुँदै छ ।’