नेकपा प्रचण्ड– माधव समूहका नेता रघुजी पन्तले पार्टीलाई नयाँ क्रान्तिकारी पार्टी बनाउने क्रममा अघि बढिरहेको बताए । 

कपा माधव– प्रचण्ड समूहद्वारा भृकुटी मण्डपमा जारी प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित सभामा पन्तले पशुपति नाथले कसैको रक्षा नगर्ने बताउँदै वास्तविक पशुपति नाथ जनता भएको बताए । उनले पशुपति नाथले राजा वीरेन्द्रको वंशनाश हुनबाट जोगाउन नसकेको र राजा ज्ञानेन्द्रलाई दरबारबाट लेखेट्न नरोकेको बताउँदै अब प्रधानमन्त्री केपी ओलीलाई पनि पशुपतिनाथले रक्षा नगर्ने बताए ।