ब्लाष्टखबर।  प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देहीको बुटवलमा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले  आयोजना गरेकाे  आमसभालाइ  सम्बोधन गर्ने  जाने भएका छन् । 

संसद विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थितिको बारेमा जनतालाई जानकारी दिन सभा आयोजना गरिएको नेकपा लुम्बिनी प्रदेश कमिटीले बताएकाे छ । उक्त सभामा २ लाख जनता सहभागी हुने ओली समूहका लुम्बिनी प्रदेश इन्चार्ज एवम् मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् ।

पाेख्रेलका अनुसार मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुने उक्त वृहत जनसभामा  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका साथै अर्थमन्त्री तथा महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री टोपबहादुर रायमाझी, मन्त्री लेखराज भट्ट लगायतका नेताहरुले संवोधन गर्ने बताइएकाे छ ।