सिरहा । सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. ५ (लक्ष्मीपुर)मा शनिबार निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । 

नेपाल लाइफ इन्स्योरेन्स सिरहा शाखा र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी का बरिष्ठ एजेन्सी मेनेजर सुरेश कुमार ठाकुरको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

उक्त शिविरमा ३५ वर्ष माथिका एक सय  जनालाई मधुमेय र उच्च रक्तचापको स्वास्थ्य जाँच भएको जिल्ला अस्पताल सिरहाका डा.सरबिन्द कुमार मण्डलले बताए ।

उक्त कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सिरहा शाखाका प्रमुख पुर्ण कुमार कर्ण, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी का बरिष्ठ एजेन्सी मेनेजर सुरेश कुमार ठाकुरलगायत त्यसै वडाका सेवाग्राहीहरुको उपस्थ्ति रहेको थियो । 

helth