ब्लाष्टखबर । धरान १७ पटनाली स्थित ज्वालामुखी माध्यमिक विद्यालयमा आगलागी भएको छ ।
आगलागीका कारण विद्यालयको कार्यालय कक्षमा रहेका फर्निचरसहित सम्पूर्ण कागजपत्रहरु जलेर नष्ट भएको विद्यालयका प्रधानाअध्यापक भरत बहादुर खत्रीले जनाकारी गराएका छन् ।
गयराती करिब २ बजे आगलागीका कारण कोठाको झ्यालका रहेका शिशाहरु फुट्न थालेपछि थाहाँ पाएका स्थानीय र धरान उपमहानगरपालिको दमकलको साहयताले आगलागी नियन्त्रणमा लिइएको प्रधानाअध्यापक खत्रीले बताएका छन् । उनले भने ‘ दमकल र स्थिानीयले आगो नियन्त्रण गरियो तर विद्यालयको स्थापना काल देखीको सम्पूर्ण अभिलेखहरु नष्ट भए । '
खत्रीका अनुसार आगलागीका कारण २ थान ल्यापटप, ३ थान प्रिन्टर, करिब ८२ हजार नगद तथा विद्यालयको छापसहित स्थिापना काल देखीको सम्पूर्ण अभिलेखहरु जलेर नष्ट भएको छ ।

उनले आगलागीका कारण नखुलेपनी कसैले आगलागी गराएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।