ब्लाष्टखबर । नेकपाकाे प्रचण्ड–माधव समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सभामुख अग्नि सापकोटालाई भेटेका छन् ।
आज ४ बजे बस्ने संसद बैठक बैठकमा सभामुख सापकाेटाेकाे भुमिकालाई लिएर ओली खेमाले आशङ्का गरिरहेकाे अवस्थामा सिंहदरबारमा रहेको सभामुखको कार्यकक्षमै पुगेर दहाल र नेपालले सभामुख सापकाेटालाइ भेट गरेका हुन् ।
सभामुखसँगको छलफलमा के कुराकानी भयो भन्ने विवरण प्राप्त भइसकेको छैन । यता सभामुखले प्रचण्डलाई दलको नेताका हैसियतमा बोल्न दिए प्रतिकार गर्ने ओली समुहले रणनीति तय गरेको छ ।