ब्लाष्टखबर । सर्वोच्च अदालतले नेतृत्व नेपाल कम्युनिष्ट पार्टी नामकाे आधिकारीकता ऋषि कट्टेललाई दिएकाे छ ।
याेसंगै ओली समुह र दाहाल–नेपाल समुहले दावि गर्दै आएकाे नेकपा नामकाे आधिकारीकताकाे दुबै समुहबाट खाेसिएकाे छ ।
पूर्व नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकिकरण गरी ३ जेठ २०७५ मा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डकाे नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखी निर्वाचन आयोगमा पेश गरेका थिए ।
आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दिएका थिए । सर्वोच्चका न्यायाधीहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको ईजलासले अब उप्रन्त ऋषि कट्टेल नेतृत्वको नेकपालाइ सो नाम प्रयोग गर्न दिने निर्णय सुनाएको हो ।