भण्टाबारी । सुनसरीको कोशी गाउँपालीका १ स्थित लौकहीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

भारतबाट लुकाएर ल्याइएको प्रतिबन्धित लागूऔषधसहित सोमबार दिउँसो दसगजा क्षेत्रबाट तीनजना युवाहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल बिओपी लौकहीका इन्स्पेक्टर अरुण पाण्डेले जानकारी दिए ।

भारतबाट लुकाएर ल्याएको लागूऔषधसहित भोक्राहा नरसिंह गाउँपालीका ३ शिवगंज बस्ने २२ वर्षका संतोष मण्डल,भोक्राहा नरसिंह गाउँपालीका १ बस्ने २१ वर्षका जयनारायण उराँव र बराह नगरपालिका बस्ने वर्ष ३६ का गणेश यादवलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल बिओपी लौकहीले जनाएको छ ।

उनीहरूको साथबाट स्पास्पोप्रोक्सिभिन १४४ पीस,डाइलेक्ष डिसि ४ बोतल र नाट्रोजन ट्याबलेट १६ पीस बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उनीहरू सवार को ११ प ८१८४ नम्बरको यमहा मोटरसाइकलसमेत बरामद गरी आवश्यक कानुनी कारबाहीको लागि नेपाल प्रहरीको जिम्मेवार लगाएको सशस्त्र प्रहरीले बताएको छ ।

pakrau1