काठमाडौं । लोकप्रिय गायिका तथा राष्ट्रियसभाकी सांसद कोमल वलीले विघटित नेपाल कम्युनिष्ट पार्टीका नेता रघुजी पन्तविरुद्ध मुद्दा दायर गरेकी छिन् ।
यसअघि विघटित नेकपाकाे ओली समुह र प्रचण्ड माधव समुहविच भएकाे आराेप पत्यारेपमा नेता पन्तले वलीकाे नाम नै किटान गरेर सारी सरक्क सर्काएर पिँडुला देखाएको भरमा सभासद बनेको भन्दै यौनिक हिंसाजन्य अभिव्यक्ति दिएका थिए ।
आज उक्त अविव्यक्ति प्रति कानून परामर्शपछि बलीले काठमाडौं जिल्ला अदालतमा गालीबेइज्जतीको मुद्दा दायर गरेकी हुन् । उनले पन्तकाे उक्त अविव्यक्तिले आफ्नो मात्र नभएर सबै महिला नेतृहरुको मानमर्दन भएको बताउदै आएकी छिन् ।