गोधुली क्लबको आयोजनामा धरानमा भइरहेको २१ औं गोधुली टुबोर्ग फुटबल रनिङ कप अन्तर्गत आज भएको खेलमा वडा नं. १६ र ८ विजयी भएका छन् ।

      आज भएको पहिलो खेलमा वडा नं. १६ ले वडा नं. ६ लाई १–० गोल अन्तरले पराजि ग¥यो । १६ नं. वडाका लागी किरण हमालले गोल गरे । अत्यन्तै प्रतिष्पर्धात्मक १६ नं. वडा विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच वडा नं. १६ का मनिष बस्नेत घोषित भए ।

त्यस्तै आज भएको दोस्रो खेलमा वडा नं. ८ ले वडा नं. १० लाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ । वडा नं. ८ कालागी प्रजिन राईले दुई गोल गरे भने क्याप्टेन मनिष गुरुङले एक गोल गरे । क्याप्टेन मनिष गुरुङ खेलको म्यान अफ द म्याच घोषित भएका थिए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।

भोली पहिलो खेलमा वडा नं. १३ र ५ खेल्नेछन् भने दोस्रो खेलमा वडा नं. १९ र १२ ले खेल्नेछन् । चैत्र ७ गतेसम्म चल्ने प्रतियोगितामा धरान उपमहानगरपालिकाका १९ वटा वडा सहभागी छन् । प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।