ब्लाष्टखबर ।  नेकपा विगटन भएपछि  पार्टी पुनर्गठन, सरकारलाई दिएको समर्थन र नयाँ सत्ता समीकरणका विषयमा छलफल नेकपा माओवादी केन्द्रले स्थायी  कमिटि बैठक बाेलाएकाे छ । 

आइतबार सर्वोच्च अदालतले  गरेको फैसला संगै ब्यूँतिएको माओवादी केन्द्रको मंगलबार पहिलो स्थायी कमिटी बैठक बसेको थियो । बैठकले प्रमुख प्रतिपक्षी दल  नेपाली कांग्रेस सहित जनता समाजवादी पार्टी लगायतसँग  भावी सत्ता समीकरणका विषयमा छलफल गर्ने निर्णय गरेको थियो ।

साेहि निर्णय अनुसार मंगलबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।

बुधबारका लामगी भने  बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको माओवादी केन्द्रका १ नेताले जानकारी दिए ।